अत्तरियामा एकदिने “Content Marketing Training” सम्पन्न

अत्तरियामा एकदिने “Content Marketing Training” सम्पन्न

अत्तरियामा एकदिने “Content Marketing Training” सम्पन्न

अत्तरिया । Kailali Chamber of Commerce तथा Youth Chamber of Commerce Sudurpashchim Province को आयोजनामा तथा Rosebell Marketing Agency र Trinayan Nepal को सहकार्यमा चैत्र २६ गते आयोजित एकदिने “Content Marketing Training” कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रम अत्तरियास्थित EMC College मा आयोजना गरिएको थियो।

डिजिटल युगमा Content Marketing को बढ्दो महत्वलाई मध्यनजर गर्दै आयोजना गरिएको उक्त प्रशिक्षण कार्यक्रममा करिब ३० जना युवा, व्यवसायी तथा Content Creation मा रुचि राख्ने सहभागीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा Social Media Marketing, Video Content Creation, Script Writing, Audience Targeting , Video Shooting and Editing लगायतका विषयमा व्यवहारिक तथा प्रयोगात्मक प्रशिक्षण प्रदान गरिएको थियो।

 नेपाल चेम्बर अफ कमर्स सुदूरपश्चिम प्रदेशका वरिष्ठ उपाध्यक्ष जयराज न्यौपाने ज्यू  , कैलाली चेम्बर अफ कमर्सका अध्यक्ष प्रमोद अधिकारी ज्यू तथा सुदूरपश्चिम युवा चेम्बर अफ कमर्सका अध्यक्ष जय धामी ज्यू  को विशेष उपस्थिति रहेको थियो। उपस्थित वक्ताहरूले वर्तमान समयमा व्यवसाय प्रवर्द्धन, ब्रान्ड विकास तथा ग्राहकसँग प्रत्यक्ष पहुँच विस्तार गर्न Content Marketing अत्यन्त प्रभावकारी माध्यम बनेको बताएका थिए।

प्रशिक्षण रोजबेल मार्केटिङ एजेन्सी का व्यवस्थापक मनोज दाहाल ज्यू ले दिनुभएको थियो। उहाँले राम्रो Content ले व्यवसायको बिक्री, विश्वास र ब्रान्ड निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै डिजिटल प्लेटफर्मको सही प्रयोगमार्फत स्थानीय व्यवसायलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउन सकिने धारणा राख्नुभयो।

कार्यक्रममा सहभागीहरूले यस्ता व्यवहारिक तथा सीपमूलक तालिमले नयाँ पुस्तालाई स्वरोजगार, उद्यमशीलता तथा डिजिटल क्षेत्रमा अवसर सिर्जना गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए। आयोजक संस्थाहरूले आगामी दिनमा पनि युवा तथा व्यवसायी लक्षित यस्ता सीपमूलक कार्यक्रमलाई निरन्तरता दिने बताएका छन्।

Vip
110 0

0 Comments

Leave a comment

सम्पर्कमा रहनुहोस्

Follow Us
फ्लिकर फोटोहरू

© 2026 Samriddha Sudurpashchim. All Rights Reserved. developed by Futurelink Technologies Pvt. Ltd