विश्व रक्तदाता दिवस २०२६ विशेष रक्तदान कार्यक्रम भव्य रूपमा मनाउदै
गोदावरी, कैलाली । विश्व रक्तदाता दिवस २०२६ को अवसरमा ब्लड डोनर एसोसिएशन नेपाल, गोदावरी नगर समिति र फिटनेस प्लानेट एण्ड जुम्बा को संयुक्त आयोजनामा विशेष रक्तदान कार्यक्रम उत्साहजनक रूपमा सम्पन्न भएको छ।

“रक्तदान जीवनदान हो” भन्ने महान् सन्देशलाई आत्मसात् गर्दै आयोजित यस कार्यक्रममा समाजसेवी, युवायुवा तथा विभिन्न क्षेत्रका दाजुभाइ तथा दिदीबहिनीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। मानव जीवन बचाउने यस पुण्य कार्यमा सहभागी भई धेरैले स्वेच्छिक रूपमा रक्तदान गरेका थिए।
यस अवसरमा लाल बहादुर धामी (बझाङ), कृष्ण बहादुर धामी (गोदावरी–४, फूलबस्ती), वीरेन्द्र धामी (गोदावरी–४), आसिका जिसी (गोदावरी–५, बुद्धटोल), स्वस्तिका रोकाय (कृष्णपुर–६), लक्ष्मण पार्की (गोदावरी–१, अत्तरिया), हर्कसिंह बोहरा (गोदावरी–३, खमौरा) र नरेश विक (गोदावरी–१, अत्तरिया) भुपेन्द्र पाठक अत्तरिया यतका युवा यूवतिहरुले पहिलो चोटी रक्तदान गरी कार्यक्रमको उद्घघाटन गरी भियानलाई सफल बनाउन महत्वपूर्ण योगदान पुर्याएका छन्।
पहिलो पटक रक्तदान गर्दै विश्व रक्तदाता दिवस २०२६ को विशेष रक्तदान कार्यक्रमको शुभारम्भ गरेका छन्। पहिलो पटक रक्तदान गर्ने यी युवा युवतीहरूको साहसिक र मानवीय कार्यले अन्य युवापुस्तालाई समेत रक्तदानतर्फ प्रेरित गर्ने विश्वास गरिएको छ।

कार्यक्रमका आयोजकहरूले मानवताको सेवामा समर्पित यस अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण रक्तदाता, स्वयंसेवक, सहयोगी संस्था तथा शुभेच्छुकहरूप्रति हार्दिक आभार व्यक्त गरेका छन्। साथै, आवश्यक पर्दा रगतको अभावका कारण कुनै पनि व्यक्तिले जीवन गुमाउन नपरोस् भन्ने उद्देश्यका साथ नियमित रक्तदान गर्न र अरूलाई पनि प्रेरित गर्न सबैमा अनुरोध गरेका छन्।
"एक थोपा रगतले कसैको जीवन बचाउन सक्छ।आउनुहोस्, नियमित रक्तदान गरौँ, मानवताको सेवामा हातेमालो गरौँ।"
© 2026 Samriddha Sudurpashchim. All Rights Reserved.
developed by Futurelink Technologies Pvt. Ltd