नयाँ जिम्मेवारीका लागि शुभकामना

नयाँ जिम्मेवारीका लागि शुभकामना

संविधानको परिधि: उहाँले नेपालको संविधान र प्रदेश कानुनअनुसार मन्त्रिपरिषद्को विस्तार, नीति तथा कार्यक्रम सञ्चालन र बजेटको कार्यान्वयन गर्ने अधिकारलाई कसरी अगाडी बढाउनु हुन्छ ।
 राजनीतिक समीकरण फेरबदलका कारण प्रदेशमा छोटो कार्यकालको चुनौती रहेको छ। यो अल्पकालीन वा १ वर्ष जतिको सीमित समयमा ठूला नीतिगत फेरबदलभन्दा पनि नियमित प्रशासनिक काम र जनसरोकारका योजनालाई गति दिनु कानुनी र व्यावहारिक रूपमा सम्भव हुन्छ।
 " चमत्कारको अपेक्षा त छैन, तर सीमित समयमा भ्रष्टाचारमुक्त र पारदर्शी शासनको प्रत्याभूति हुन्छ भन्ने जनताको चाहना छ" । दलीय भागबन्डा र राजनीतिक खिचातानीभन्दा माथि उठेर जनताका आधारभूत आवश्यकता (स्वास्थ्य, शिक्षा, रोजगार) लाई प्राथमिकता दिन सक्नु पर्छ ।बारम्बार सरकार फेरबदलिने प्रवृत्तिप्रति आम नागरिकमा निराशा छ। जनता अब बोली भन्दा परिणाममुखी काम हेर्न चाहन्छन्। 

 

Vip
36 0

0 Comments

Leave a comment

सम्पर्कमा रहनुहोस्

Follow Us
फ्लिकर फोटोहरू

© 2026 Samriddha Sudurpashchim. All Rights Reserved. developed by Futurelink Technologies Pvt. Ltd