बहुप्रतिभाशाली किङ योगीको निर्देशनमा ‘वर्ल्ड अफ मोनालिसा’ निर्माण हुँदै

बहुप्रतिभाशाली किङ योगीको निर्देशनमा ‘वर्ल्ड अफ मोनालिसा’ निर्माण हुँदै


काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा नयाँ सम्भावना र अन्तर्राष्ट्रिय सहकार्यको ढोका खोल्ने उद्देश्यसहित चलचित्र ‘वर्ल्ड अफ मोनालिसा (ब्लडी लभ)’ निर्माण हुने भएको छ। नेपाली तथा भारतीय फिल्मकर्मीको सहकार्यमा निर्माण हुन लागेको यस चलचित्रको लेखन तथा निर्देशन किङ योगीले गर्दैछन्।
पिजि स्टुडियो प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको चलचित्रको मोसन पोस्टर सार्वजनिक भएसँगै यसले दर्शकमाझ चासो बढाएको छ।
नृत्य निर्देशन, द्वन्द्व निर्देशन, स्क्रिप्ट लेखन तथा चलचित्र निर्देशनलगायतका विधामा दक्षता हासिल गरेका किङ योगी बहुप्रतिभाशाली चलचित्रकर्मीका रूपमा परिचित छन्। विभिन्न सिर्जनात्मक विधामा आफ्नो क्षमता प्रस्तुत गर्दै आएका योगीले यस चलचित्रमार्फत लेखन तथा निर्देशनको जिम्मेवारी सम्हाल्दै नयाँ चुनौती स्वीकार गरेका छन्। उनको बहुआयामिक अनुभवले चलचित्रको कथावस्तु, प्रस्तुति र एक्सन दृश्यलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।


चलचित्रमा रोमान्स र एक्सनको संयोजन रहने बताइएको छ। प्रेम, भावना र द्वन्द्वलाई समेटेर निर्माण हुन लागेको चलचित्रले दर्शकलाई फरक स्वाद दिने अपेक्षा गरिएको छ।
चलचित्रमा भारतसहित विभिन्न देशका अनुभवी प्राविधिक टोलीको सहभागिता रहने जनाइएको छ। अन्तर्राष्ट्रिय बजारलाई समेत लक्षित गरेर निर्माण हुन लागेको चलचित्रको कथा, शैली र दृश्य प्रस्तुतिमा नवीनता ल्याउने निर्माण पक्षको लक्ष्य छ।


चलचित्रलाई सन् २०२७ / २८ को बिचमा विश्वव्यापी रूपमा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ।
निर्देशक किङ योगीको यो नयाँ प्रयासले नेपाली चलचित्र क्षेत्रमा नयाँ सम्भावना सिर्जना गर्नुका साथै नेपाली प्रतिभालाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

Vip
348 0

0 Comments

Leave a comment

सम्पर्कमा रहनुहोस्

Follow Us
फ्लिकर फोटोहरू

© 2026 Samriddha Sudurpashchim. All Rights Reserved. developed by Futurelink Technologies Pvt. Ltd