सुदूरपश्चिम प्रदेशको कुल जनसंख्या २६ लाख ९४ हजार ७ सय ८३ पुगेको छ। यो नेपालको कुल जनसंख्याको ९ दशमलव २८ प्रतिशत हो। कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा यस प्रदेशको हिस्सा ७ दशमलव २१ प्रतिशत छ। गत आर्थिक वर्षमा यस प्रदेशको आर्थिक वृद्धिदर ४ दशमलव ९३ प्रतिशत रहने केन्द्रीय तथ्यांक विभागको प्रक्षेपण छ।
सुदूरपश्चिममा बैंक तथा वित्तीय संस्थाको संख्या ८ सय २८ छ। यो नेपालभरको बैंक तथा वित्तीय संस्थाको ७ दशमलव २९ प्रतिशत हो। प्रदेशगत रूपमा यो छैटौं स्थानमा छ। प्रदेशमा बैंकले प्रतिशाखा ३ हजार २ सय ७४ जनालाई वित्तीय सेवा दिइरहेका छन। देशभरका कुल सहकारीमध्ये ६ दशमलव ९२ र बिमा कम्पनीका शाखामध्ये ९ दशमलव ९१ प्रतिशत यहाँ छन।
नेपालको कृषि उत्पादन र उत्पादनमूलक उद्योगका हिसाबले पनि यो प्रदेश छैटौं स्थानमा छ। कृषि उत्पादन र उत्पादनमूलक उद्योगमा सुदूरपश्चिमको हिस्सा ५.४÷५.४ प्रतिशत छ। वन क्षेत्रका हिसाबले भने यो प्रदेश सबैभन्दा अघि छ। नेपालको कुल वन क्षेत्रको १७ दशमलव ३४ प्रतिशत हिस्सा यस प्रदेशले ओगटेको छ।
प्रतिव्यक्ति आयका हिसाबले सुदूरपश्चिम प्रदेश पाँचौं स्थानमा छ। गत आर्थिक वर्षमा यस प्रदेशका नागरिकको प्रतिव्यक्ति आय १०३१ अमेरिकी डलर छ। विद्यालय संख्याका आधारमा पनि यो प्रदेश पाँचौं स्थानमा छ। यहाँ ४ हजार ६१ विद्यालय छन। यो नेपालको कुल विद्यालय संख्याको ११ दशमलव ८२ प्रादेशिक रूपमा तुलना गर्दा ऊर्जा उत्पादनका हिसाबले यस प्रदेशको हिस्सा ५२ मेगावाट छ। अहिले बढेर एक सय ५ मेगावाट पुगेको प्राधिकरणले बताएको छ। प्रदेशका ७१.०७ प्रतिशत जनसंख्यामा ऊर्जा पहुँच छ। सुदूरपश्चिममा १ सय ३० उद्योग दर्ता भएका छन। तिनमा ४७ अर्ब रुपैयाँ लगानी भएको छ। उद्योग संख्या र लगानीका हिसाबले यस प्रदेशको हिस्सा क्रमशः २.५७ र १.८७ प्रतिशत छ।
सडक सञ्जालका हिसाबले पनि यो प्रदेश छैटौं स्थानमा छ। यहाँ ५ हजार ४ सय ७५ किमि सडक निर्माण भएको छ। यो नेपालभरको कुल सडक सञ्जालको ८.४७ प्रतिशत हो। यस क्षेत्रमा ३ लाख ६ हजार २ सय ३ वटा डिम्याट खाता छन ।
निजी प्रतिष्ठानमा आबद्ध रोजगारीका हिसाबले पनि यो प्रदेश छैटौं स्थानमै छ। यहाँका १ लाख ८५ हजार २ सय जना जनशक्ति रोजगारीका लागि निजी प्रतिष्ठानमा आबद्ध छन। सुदूरपश्चिममा विदेशी लगानीका ५० उद्योग दर्ता भएका छन। यो नेपालभर रहेका कुल विदेशी लगानीका उद्योगका हिसाबले सबैभन्दा कम (०.९३) प्रतिशत हो। सवारीसाधन दर्ताका हिसाबले पनि यो प्रदेश छैटौं स्थानमा छ।
गत असारसम्म यहाँ १ लाख ९२ हजार ३ सय ९० सवारीसाधन दर्ता भएका छन। यो नेपालभर दर्ता भएका कुल सवारीसाधनको ३.८ प्रतिशत मात्र हो। भारतबाहेकका मुलुकमा वैदेशिक रोजगारीमा जाने संख्याका हिसाबले पनि यो प्रदेश सबैभन्दा पछि छ। आर्थिक वर्ष २०७८÷७९ मा यस प्रदेशबाट १५ हजार ३ सय २५ जनाले मात्र वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन।
निर्यातका हिसाबले भने यहाँ प्रशस्त सम्भावना छ। यस प्रदेशबाट तरकारी, जैतुनको तेल, जडीबुटी, टर्पेन्टाइन तेल, रोजिन र रोजिन तेल, फलफूल, दुग्धजन्य पदार्थ, जलविद्युत्लगायत वस्तु निर्यातको सम्भावना छ। आर्थिक वर्ष २७९÷८० मा प्रदेशगत बजेटका हिसाबले पनि यो प्रदेश सबैभन्दा पछि छ। उक्त आर्थिक वर्षमा कुल प्रदेशगत बजेटको १२ प्रतिशत हिस्सा मात्र यस प्रदेशले ओगटेको छ।
© 2026 Samriddha Sudurpashchim. All Rights Reserved.
developed by Futurelink Technologies Pvt. Ltd