रामारोशनमा पहिलो पटक ‘स्काई रनिङ २०२६’ आयोजना हुँदै, विजेतालाई १ लाख पुरस्कार

रामारोशनमा पहिलो पटक ‘स्काई रनिङ २०२६’ आयोजना हुँदै, विजेतालाई १ लाख पुरस्कार

रामारोशनमा पहिलो पटक ‘स्काई रनिङ २०२६’ आयोजना हुँदै, विजेतालाई १ लाख पुरस्कार
   सुदूरपश्चिमको रमणीय पर्यटकीय क्षेत्र रामारोशनमा पहिलो पटक “रामारोशन स्काई रनिङ २०२६” आयोजना हुने भएको छ। नेपाल एडभेन्चर रनिङ फेडरेसनले प्राकृतिक सौन्दर्य, उच्च पहाडी भूगोल र साहसिक खेललाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने लक्ष्यसहित प्रतियोगिता आयोजना गर्न लागेको हो।
जेठ महिनाभित्र आयोजना हुने प्रतियोगितामा प्रथमदेखि दशौं स्थानसम्म आउने खेलाडीलाई पुरस्कार प्रदान गरिनेछ। प्रतियोगिताका विजेताले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
फेडरेसनका केन्द्रीय सदस्य वावुराजा श्रेष्ठ का अनुसार प्रतियोगिताअन्तर्गत रामारोशनको रामेबाट सुरु हुने २६ किलोमिटर लामो स्काई रनिङ चाखाको डाँडा हुँदै किनिमिनी मैदान पुगेर पुनः रामे फर्किनेछ। कठिन पहाडी मार्ग, प्राकृतिक दृश्य र चुनौतीपूर्ण भूगोलले प्रतियोगितालाई विशेष बनाउने आयोजकको भनाइ छ।
प्रतियोगिताको मुख्य उद्देश्य स्थानीय स्तरबाट खेलाडी उत्पादन गर्नुका साथै रामारोशन क्षेत्रको पर्यटन प्रवर्द्धन गर्नु रहेको जनाइएको छ। फेडरेसनका केन्द्रीय अध्यक्ष एकेन्द्र कुँवर ले यस्ता साहसिक प्रतियोगिताले नेपालको पहिचान अन्तर्राष्ट्रिय क्षेत्रमा स्थापित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।

 

Vip
77 0

0 Comments

Leave a comment

सम्पर्कमा रहनुहोस्

Follow Us
फ्लिकर फोटोहरू

© 2026 Samriddha Sudurpashchim. All Rights Reserved. developed by Futurelink Technologies Pvt. Ltd